कांस्यधारी शान्ति सम्मानित

as gojue
इन्डोनेसियाको जकार्तामा भएको छैटौं एसियाली प्यासिफिक गोजुकाइ कराते च्याम्पियनसिपकी कांस्य विजेता शान्ति लामालाई नेपाल गोजुकाइ कराते डो संघले शनिबार सम्मान गरेको छ ।नोभेम्बर २५ देखि डिसेम्बर १ तारिखसम्म भएको प्रतियोगितामा शान्तिले फिलिपिन्सकी खेलाडीलाई पराजित गर्दै कांस्य पक्का गरेकी थिइन् । सेमिफाइनलमा शान्ति इरानकी खेलाडीसंग चुकिन् ।
सोही अवसरमा टिम प्रशिक्षक अच्युतराज उप्रेती, व्यवस्थापक अशोककुमार पाण्डे, अफिसियल जनार्दन उप्रेती र प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह गरेका इन्द्रबहादुर शाही खड्गेलाई पनि सम्मान गरिएको थियो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले उनीहरुलाई सम्मान पत्र प्रदान गरी एक कार्यक्रमबीच सम्मान गरे । गोजुकाइ कराते डो संघका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले त्यसै अवसर सदस्य–सचिव विष्टलाई सम्मान पत्र प्रदान गरी सम्मान गरेका थिए ।
शान्तिलाई जकार्तामै पदक जितेपछि व्यस्थापक अशोककुमार पाण्डे र रेफ्री इन्द्रबहादुर शाही खड्गेले प्रोत्साहन स्वरुप १०–१० हजार नगद पुरस्कार दिएका थिए ।

Comment