पुरुष खेलाडी पनि छानिए

tennis1e
भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने पुरुष लनटेनिस खेलाडीको पनि सोमबार टुंगो लागेको छ ।
अखिल नेपाल लटेनिस संघद्वारा आयोजित छनोट प्रतियोगितामा शीर्ष चार स्थान हात पार्ने खेलाडी सागका लागि छनोट भएका हुन् । संरक्षकभूषण वज्राचार्य, अभिषेक बाँस्तोला, श्रीराम मगर र कमल भण्डारी पहिलोदेखि चौथो स्थानमा रहँदै छनोट भए ।
महिला खेलाडी यसअघि नै छनोट भइसकेका छन् । इरा राउत पहिलो, गंगा शर्मा दोश्रो, विभूति कार्की तेश्रो र विजिशा श्रेष्ठ चौथो हुँदै छनोट भएका थिए ।

Comment