संरक्षक र श्रीराम अपराजित

tennis samrachyake
भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि लनटेनिस छनोट प्रतियोगिताको पुरुषमा संरक्षकभूषण वज्राचार्य र श्रीराम मगरले अपराजित यात्रालाई शनिबर पनि कायम राखेका छन् ।सातदोबाटोस्थित टेनिस कोर्टमा संरक्षकले शक्ति शर्मालाई ६–४ र ६–० तथा श्रीरामले श्रीयान्स कार्कीलाई ६–२ र ६–३ को नतिजामा पराजित गरे । जितसंगै दुवै समान ५ खेलमा अपराजित छन् ।
पुरुषकै अन्य खेलमा अभिषेक बाँस्तोलाले कमल भण्डारीलाई ६–४ र ६–० तथा महेश श्रेष्ठले आत्माराम कार्कीलाई ६–३, २–६ र ७–६ को सेटमा हराए । महिलातर्फ सागमा सहभागी हुने खेलाडीको टुंगो लागिसकेको छ ।

Comment