नेपाल सेमिफाइनलमा प्रबेश

Manoj Shiama
14 November, 2014 8:09 pm

दुइ सस्करणको उवविजेता नेपाल तेस्रो साफ च्सीप महिला च्याम्पियनसीप महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ । शुक्रबार भएको खेलमा नेपालले घरेलु टोली पाकिस्तानलाई शुन्यका विरुद्ध दुइ गोलले पराजित गरेको छ । यस भन्दा अघि नेपालले भुटानलाई शुन्यका विरुद्ध आठ गोलले पराजित गरेको थियो । नेपालको जित पछि पाकिस्तान पनि प्रतियोगिताबाट बाहीरिएको छ । नेपालले अन्तिम खेल श्रीलंकासंग खेल्ने छ । बराबरीले पनि नेपालले समुहमा पहिलो स्थान पाउने छ ।
समुहमा रहेको अर्को टोली भुटान पनि प्रतियोगिताबाट बाहीरिएको छ । दक्षिण एसियाली महिला फुटबलमा भारतसंग मात्र पराजय ब्यहोरेको नेपालले ढाकाका भएको साग खेलको महिला फुटबलमा रजत पदक जितेको थियो भने त्यस पछि भएमा दुइवटै साफ च्याम्पियनसीपको फाइनलमा पनि भारतसंग नै पराजयको सामना गरेको थियो । शुक्रबार भएको खेलमा नेपालका लागि अनु लामा र सजना रानाले पूर्बाद्धमा गोल गरे । यस अघिका सस्करणमा जमुना गुरुंग र अनु लामाको नेपाली फरवार्ड जोडी अत्यन्त प्रभाबकारी मानीए पनि नेपाल अहिले जमुना गुरुंगको युग पछि खेल्दै छ ।