साग बक्सिङ छनोट सुरु

boxinge
भारतमा हुने १२ अ‍ैं दक्षिण एसियाली खेलकुद (साग) का लागि बक्सिङ छनोट प्रतियोगिता शनिबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको छ ।नेपाल बक्सिङ संघद्वारा आयोजित प्रतियोगिताको पहिलो दिन पुरुष ५२ केजीमा एपीएफ ‘ए’ का विक्रम परियारले चितवनका सन्दिप गुरुङ तथा रोल्पाका हरिबहादुर सुनारले मेघदूतका राजकुमार लामालाई पराजित गरे । ६० केजीमा नक्साल ‘बी’ का युवराज कार्कीले चितवनका प्रदीपसिंह ठकुरी तथा नेपाल प्रहरी ‘ए’ का भूपेन्द्र थापाले रोल्पाका चन्द्रज्योति थापालाई हराए ।महिलाको ४८–५१ केजीमा नेपाल आर्मी ‘बी’ की ललिता गुरुङले एपीएफ ‘बी’ की नान्जा बुढा मगर, आर्मी ‘ए’ की मीनु गुरुङले प्रहरी ‘ए’ की निशा तामाङ तथा एपीएफ ‘ए’ की माला राईले भक्तपुरकी निता गोसाईंलाई पाखा लगाए । ६९–७५ केजीमा आर्मी ‘ए’ की शिलु डंगोलले एपीएफ ‘ए’ की प्रमिला पाण्डे तथा प्रहरी ‘ए’ की अनुराधा लामाले आर्मी ‘बी’ की सोनाम मगरलाई पन्छ्याउदै विजयी सुरुआत गरेका छन् ।
प्रतियोगिताको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बक्सिङ मुख्य प्रशिक्षक प्रचण्ड शर्मालाई खेल सामाग्री हस्तान्तरण गरी उद्घाटन गरे ।चारदिने प्रतियोगितामा ५१ पुरुष खेलाडीले ७ स्पर्धा तथा १७ महिला खेलाडीले ३ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् । प्रत्येक तौलसमूहमा पहिलो हुने खेलाडीले सागमा स्थान पक्का गर्ने छन् ।महिला बक्सरले सागमा पहिलोपटक सहभागिता जनाउन लागेको हो । पुरुष खेलाडीले हालसम्म कुनै पनि सागमा सहभागिता छुटाएको छैन ।

Comment