इराको अपराजित यात्रा कायमै

karlie
इरा रावतले १२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि आयोजित लनटेनिस खेलाडीको अन्तिम छनोट प्रतियोगिताको महिलातर्फ बिहीबार पनि अपराजित यात्रालाई कायममै राखेकी छन् । इराले आफ्नो सबै ६ खेलमा जित हात पारिन् ।
महिलामै गंगा शर्माले ५ मा जित र १ मा हार, विभूति कार्कीले ४ मा जित र २ मा हार, विजिशा श्रेष्ठले ३ मा जित र २ मा हार, प्रेरणा कोइरालाले २ मा जित र ४ मा हार, सलोनी तामाङले १ मा जित ५ मा हार तथा भगवती विकले २ मा जित र ४ मा हार व्यहोरेका छन् । रायना शाह आफूले खेलेको सबै ६ खेलमा जितविहीन छिन् ।
पुरुषमा संरक्षकभूषण वज्राचार्य र श्रीराम मगरले ३ मा जित, कमल भण्डारी र अभिषेक बाँस्तोलाले समान २ मा जित र १ हार, आत्माराम कार्कीले १ मा जित र २ मा हार, शक्ति शर्मा, महेश श्रेष्ठ र दावा शेर्पाले समान २ मा जित र १ मा हार, सक्षम कार्कीले १ मा जित र २ मा हारको सामना गरेका छन् । प्रणव खनाल र श्रीयान्स कार्कीले खेलेको तीन खेलमा सबैको नतिजा प्रतिद्वन्द्वीलाई सुम्पिएका छन् ।

Comment