इरा अपराजित

tennise
१२ औं दक्षिण एइरा अपराजित १२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि लनटेनिस खेलाडीको अन्तिम छनोट प्रतियोगिताको महिलामा इरा राउत बुधबार पनि अपारजित रहिन् । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको राउन्ड रोविन लिगमा इराले खेलेका चार मध्ये चारैमा जित हात परेकी छन् ।त्यसैगरी, गंगा शर्मा, विभूति कार्की र विजिशा श्रेष्ठले ३–३, भगवती विक र प्रेरणा कोइरालाले २–२ तथा सलोनी तामाङले १ खेल जितेका छन् । रायना शाह जितविहीन छिन् ।
अखिल नेपाल लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा श्रीराम मगर, कमल भण्डारी, संरक्षकभूषण वज्राचार्य, सक्षम कार्की र अभिषेक बाँस्तोलाले विजयी सुरुआत गरेका छन् ।

 

Comment