नेसनल र एलएसीएम सेमिफाइनलमा

futsal mondaye
नेसनल कलेज र लिटिल एन्जल्स कलेज अफ म्यानेजमेन्ट (एलएसीएम) जीसीआई अन्तरकलेज फुटसल प्रतियोगितामा सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।नेसनलले ग्लोबल कलेजलाई १३–३ को फराकिलो गोलअन्तरले पराजित ग¥यो । एलएसीएमले पब्लिक युथ क्याम्परलाई ७–१ ले हरायो ।ग्लोबल कलेज इन्टरनेसनल (जीसीआई) द्वारा आयोजित प्रतियोगितामा कान्जिरोवा र काठमाडौं इन्जिनिएरिङ कलेज (केइसी) ले पनि आ–आफ्ना प्रतिद्वन्द्वीलाई पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
कान्जिरोवाले नेपाल कलेज अफ म्यानेजमेन्ट (एनसीएम) लाई १६–५ को भारी गोलअन्तरले निराश पा¥यो । सिल्भर माउन्टेन इन्टरनेसनल कलेज विरुद्धको खेलमा केइसी ८–७ को झीनो गोलअन्तरले विजयी भयो ।
सेमिफाइनलमा कान्जिरोवाको भेट नेसनलसंग हुनेछ भने केइसीले एलएसीएम विरुद्ध खेल्नेछ । सेमिफाइनल र फाइनल मंगलबार हुनेछ । विजेताले २० हजार र उपविजेताले १० हजार नगद पुरस्कार हात पार्नेछन् ।

Comment