एलएसीएम क्वाटरफाइनलमा
Manoj Shiama
6 December, 2015 8:16 pm
लिटिल एन्जल्स कलेज अफ म्यानेजमेन्ट (एलएसीएम) जीसीआई अन्तरकलेज फुटसल प्रतियोगितामा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेको छ ।एलएसीएमले एडभान्स कलेज अफ इन्जिनिएरिङ म्यानेजमेन्टलाई ५–४ गोलले पराजित गर्दै पब्लिक युथ क्याम्पससंग क्वाटरफाइनल भेट पक्का ग¥यो ।
त्यस्तै कान्जिरोवा, नेपाल कलेज अफ म्यानेजमेन्ट, सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्ट, काठमाडौं इन्जिनिएरिङ कलेज, आयोजक ग्लोबल कलेज अफ म्यानेजमेन्ट (जीसीआई) तथा नेसनल कलेज पनि आ–आफ्नो प्रतिद्वन्द्वीलाई पन्छ्याउदै क्वाटरफाइनलमा पुग्न सफल भए ।