भक्तपुर चेसमा निरन्जन

niranjane
नेपाल बुद्धिचाल संघका अध्यक्ष राजेशहरी जअ:ीको प्रमुख अातिथ्यतामा भक्तपुर जिल्ला बुद्धिचाल संघको शनिबार सम्पन्न साधारण सभाले निरन्ज प्रजापतिको अध्यक्षतामा नौ सदशिय कार्यसमिति निर्वाचित गरेको छ।
उपाध्यक्षमा कृष्ण गोपाल नापित, पूर्ण सुन्दर श्रेष्ठ ,सचिवमा गणेश अवाल र कोषाध्यक्षमा बद्री केदार दुवाल चयन गरिएको छ।
केन्द्रीय प्रतिनिधि  संघका महासचिव एकालाल श्रेष्ठ र जिल्ला खेलकुद विकास समिति भक्तपुरका सदश्य रचना लाखेमरुको रोहवरमा  भएको साधारणसभाबाट सदस्यहरुमा दिनेश कक्षपति,शिव सुन्दर श्रेष्ठ ,प्रचण्ड प्रधान र नातिभक्त डुमरु रहेका छन् ।
त्यसैगरी जिल्ला संघको पहिलो बैठकले कविता प्रजापति र प्रबिण लाखेलाई मनोनीत गरेको छ।
नेपाल बुद्धिचाल संघको पाँचौ साधारणसभाको लागि निरन्जन प्रजापति र उमेश सैंजुलाई केन्दिय प्रतिनिधि छनौट गरेका छन् ।

 

Comment