टेनिस पदक विजेता सम्मानित

tenniseसेलन्गोर अन्तर्राष्ट्रिय जुनियर खुला टेनिस च्याम्पियनसिपमा पदक जित्न सफल खेलाडीलाई अखिल नेपाल लनटेनिस संघले शनिबार सम्मान गरेको छ ।यु–१२ गल्र्स सिंगल्सकी कांस्य विजेता अभिलाष विष्ट, यु–१२ गल्र्स डबल्सका कांस्य विजेता अभिलाषा र प्रेरणा कोइरालाको जोडी, यु–१० ब्वाइज सिंगल्सका कांस्य विजेता आरभसम्राट हाडा तथा यु–१० ब्वाइज डबल्सका रजत विजेता आरभ र अकि जुवेन राउतको जोडी सम्मानित भए ।
उनीहरुलाई लनटेनिस संघकी अध्यक्ष ज्योति राणाले सम्मान गरिन् । प्रतियोगिता नोभेम्बर २३ देखि २७ तारिखसम्म मलेसियामा भएको थियो । अफिसियलमा लनटेनिस संघका सदस्यद्वय अजय विष्ट र जयजीव हाडा रहेका छन् ।

Comment