कान्जिरोवाको विजयी सुरुआत

futsale
कान्जिरोवाले जीसीआई अन्तरकलेज फुटसल प्रतियोगितामा शुक्रबार विजयी सुरुआत गरेको छ । कान्जिरोवाले ह्वाइटहाउस इन्टरनेसनल कलेज ‘ए’ लाई ६–४ गोल अन्तरले पराजित ग¥यो ।
ग्लोबल कलेज इन्टरनेसनल (जीसीआई) द्वारा आयोजित प्रतियोगिताको अन्य खेलमा नेसनल कलेजले लिटिल एन्जल्स कलेज अफ म्यानेजमेन्टलाई ११–३ तथा सिल्भर माउन्टेन इन्टरनेसनल कलेजले किङ्स कलेजलाई ८–५ ले हराए ।
प्रतियोगिताको फुटबलर नवीन न्यौपानेले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा विभिन्न १६ कलेजका १७ टिम सहभागी छन् । विजेताले २० हजार तथा उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । फाइनल मंगलबार हुनेछ ।

Comment