मकवानपुर लिग चेसको उपाधि बलरामलाई

balramमकवानपुर जिल्ला वुद्धिचाल जिल्ला बुद्धिचाल संघको आयोजना तथा नेपाल भारत मैत्री संघको प्रायोजनामा भएको प्रतियोगिताको पहिलो संस्करणको उपाधि रेटेड खेलाडी बलराम सञ्जेलले हात पारे । उनले अन्तिम १९ औं राउण्ड समाप्तिमा कुल १७ दशमलब ५ अंक जोड्दै बलराम लिग च्याम्पियन भएका हुन्। उपविजेता राजन थापामगर  , तेस्रो भएका पवन सापकोटा, चौथो भएका सुन्दर कार्की र उत्कृष्ट खेलाडी शम्भुप्रसाद अधिकारीलाई क्रमशः छहजार, चारहजार, दुईहजार र एक÷एक हजार रुपियाँसहित प्रमाणपत्र, मेडल र आकर्षक पुरस्कार प्रदान गरेका थिए ।

नेपाल बुद्धिचाल संघ केन्द्रीय महासचिव एकालाल श्रेष्ठ, नेपाल भारत मैत्री संघ अध्यक्ष अञ्जनीकुमार पराजुली, जिल्ला बुद्धिचाल संघ अध्यक्ष ज्ञानकृष्ण प्रजापति तथा उपाध्यक्ष धरम लामाले बिजेता खेलाडीहरुलाई पुरस्कृत गरेका थिए।

Comment