बक्सिङ्गको साग छनोट मंसिर अन्तिममा

nepal boxing assosation
छिमेकी राष्ट्र भारतको गुहाटी र सिलोङमा आयोजना हुने १२ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताका लागि नेपाल बक्सिङ्ग संघले मंसिर २६ देखि २९ गते सम्म खुला छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ ।सागमा बक्सिङ्गले पुरुष तर्फ ७ र महिला तर्फ ३ तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् । सोही आधारमा पुरुष तर्फ ५२, ५६, ५९, ६०, ६४, ६९ र ७५ केजी तथा महिला तर्फ ५१, ६० र ७५ केजीमा प्रतिस्पर्धा गराईने मुख्य प्रशिक्षक प्रचन्ड शर्माले जनाएका छन् । प्रतियोगितामा करिव १०० खेलाडीको सहभागिता रहने मुख्य प्रशिक्षक शर्माले बताए ।
दक्षिण एशियाली खेलकुद प्रतियोगितामा पदक हासिल गर्ने खेलको रुपमा परिचित बक्सिङ्गले बंगलादेशमा आयोजना भएको ११ औं संस्करणमा एक रजत र एक कास्य पदक प्राप्त गरेको थियो । अजित गुरुङ्गले रजत र लक्ष्मण साउदले कास्य पदक प्राप्त गरेका थिए ।
त्रिपुरेश्वरस्थित कभर्डहलमा आयोजना हुने छनोट प्रतियोगिताको सेमिफाइनल प्रवेश गर्ने खेलाडीहरुको खाने÷बस्ने तथा आते÷जाते सम्पूर्ण खर्च राष्ट्रिय खेलकुद परिषदको आर्थिक नियमानुसार नेपाल बक्सिङ्ग संघले ब्यवस्था गर्ने संघले जनाएको छ ।

Comment