लनटेनिस टोली मलेसिया प्रस्थान

tennis1
सेलन्गोर अन्तर्राष्ट्रिय जुनियर खुला लनटेनिस च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली शनिबार मलेसिया प्रस्थान गरेको छ । नोभेम्बर २३ देखि २७ तारिखसम्म हुने प्रतियोगिता अन्तर्गत नेपालले यु–१२ र यु–१० उमेर समूहमा भाग लिने छ । यु–१२ मा अभिलाषा विष्ट र प्रेरणा कोइराला तथा यु–१० मा आरभ सम्राट हाडा र अकि जुवेन रावतले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । उनीहरुले सिंगल्स र डबल्समा प्रतिस्पर्धा गर्नेछन् । अफिसियलमा अखिल नेपाल लनटेनिस संघका सदस्यद्वय अजय विष्ट र जयजीव हाडा रहेका छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै लनटेनिस संघकी अध्यक्ष ज्योति राणाले एक कार्यक्रमबीच सातदोबाटो टेनिस कम्प्लेक्समा विदाइ गरिन् । टेनिसमा यति सानो उमेरका खेलाडीले नेपालको प्रतिनिधित्व गरेको यो नै पहिलो पटक भएको अध्यक्ष राणाले जानकारी गराइन् ।

Comment