इलाम चेसको नयाँ नेतृत्व

ईलाम जिल्ला बुद्धिचाल संघको चौथो साधारणसभाले याम प्रसाद लिम्बूको अध्यक्षतामा ९ सदशिय ईलाम जिल्ला बुद्धिचाल संघको कार्य समिति निर्वाचित गरेको छ।
त्यसैगरी उपाध्यक्षमा तिर्थमान राई र सुरेश कन्दवा, सचिवमा प्रकाश परियार, कोषाध्यक्षमा निर्मल तिमल्सिना रहेका छन् भने सदस्यहरुमा विमल ढंगाना, सजनी राई,राम प्रसाद लिम्बू र बलिन्द्र लिम्बू छन् ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य बिरेन्द्र श्रेष्ठको प्रमुख अातिथ्यतामा भएको साधारणसभा  संघका  केन्द्रीय उपाध्यक्ष तथा केन्द्रीय प्रतिनिधि बिदुर प्रसाद गौतम र जिल्ला खेलकुद विकास समितिका सचिव  अमृता घिमिरेको रोहवरमा सम्पन्न भएको थियोे । केन्द्रीय सचिव हेराकाजी महर्जन र सदस्य राजु ताम्राकारको उपस्थितमा भएको पहिलो बैठकले गणेश घिमिरे र होमचन्द्र गौतमलाई सदश्यमा मनोनीत गरेका छन्।

 

Comment