प्रनिललाई मुख्य प्रशिक्षकको जिम्मेवारी

ep
राष्ट्रिय खेलकुद परिषदले उसुको मुख्य प्रशिक्षकमा प्रनिलध्वज कार्कीलाई नियुक्त गरेको छ । कार्कीलाई २०७२ कार्तिक १८ गतेको राखेप सदस्य सचिवस्तरिय निर्णय अनुसार सोही मिति देखि लागु हुने गरि तालिम तथा प्रशिक्षण विभागमा पदस्थापन सहित मुख्य प्रशिक्षको जिम्मेवारी प्रदान गरेको तालिम तथा प्रशिक्षण विभागका निर्देशक नविन उपे्रतीद्वारा हस्ताक्षरित पत्रमा जनाईएको छ ।
एशियन उसु प्राविधिक कमिटिका सदस्य एवं दक्षिण एशियाली उसुका निर्देशक प्रनिलध्वज कार्कीलाई राष्टि नेपालमा उसु खेलको संस्थापक मध्ये एक हुन् । चिनमा उसु प्रशिक्षण प्राप्त कार्की दक्षिण एशियाली उसुमा सम्मानित ब्यक्तित्वको रुपमा रहेका छन्

 

Comment