प्रचन्ड बक्सिङको मुख्य प्रशिक्षक

prae
नेपाली बक्सिङलाई थुप्रै महत्वपूर्ण उपलब्धी दिलाएका प्रचण्ड शर्मालाई राष्ट्रिय खेलकुद परिषदले बक्सिङ्गको मुख्य प्रशिक्षकमा प्रचन्ड शर्मालाई नियुक्त गरेको छ । शर्मा लाई २०७२ कार्तिक १८ गतेको राखेप सदस्य सचिवस्तरिय निर्णय अनुसार सोही मिति देखि लागु हुने गरि तालिम तथा प्रशिक्षण विभागमा पदस्थापन सहित मुख्य प्रशिक्षको जिम्मेवारी प्रदान गरेको तालिम तथा प्रशिक्षण विभागका निर्देशक नविन उपे्रतीद्वारा हस्ताक्षरित पत्रमा जनाईएको छ ।
२०६१ साल देखि प्रमुख प्रशिक्षकमा रहेका प्रचन्ड शर्मालाई २०६९ सालमा प्रमुख प्रशिक्षकको जिम्मेवारी बाट हटाईएको थियो । त्यस दौरान शर्माको नेतृत्वमा ग्वाङ्गजाउमा भएको १६ औं एशियाली खेलकुद प्रतियोगितामा नेपालले पाएको एक मात्र कास्य पदक बक्सिङ्गले प्राप्त गर्न सफल भएको थियो । यसका साथै उनको नेतृत्वमा थाईल्याण्डमा आयोजना भएको किङ्गस कप प्रतियोगितामा नेपालले पहिलो पटक पदक प्राप्त गर्न सफल भएको थियो ।
उनी नै मुख्य प्रशिक्षक रहदा नेपालका अनुराधा लामा र दिपा क्षेत्रीले भारतको गुहाटीमा सम्पन्न  एसियन महिला बक्सिङ च्याम्पियनसीपमा काश्य पदक जितेका थिए । कोलम्बोको १० औ साग खेलमा सुसील घिमिरे देखि ढाकामा भएको ११ औ सागमा अजित गुरुङ्गले गरेको उत्कृष्ट प्रदर्शनमा प्रचण्डको त्यत्तिकै महत्वपूर्ण भुमिका रहेको थियो ।
सन् १९८९ – ९० मा पटियालाबाट एनआईएस कोर्षको डिप्लोमा गरको शर्मा अन्तर्राष्ट्रि«य बक्सिङ्ग महासंघबाट प्रदान गरिएको आईवा थ्रि स्टार प्रशिक्षक परिक्षा उत्तीर्ण प्रशिक्षक समेत हुन् । थ्रि स्टार प्रशिक्षकको परिक्षा उत्तीर्ण नभई अन्तर्राष्ट्रिय बक्सिङ्ग प्रतियोगितामा प्रशिक्षकको हैसियतले एरिनामा प्रवेश गर्न नपाईने अन्तराष्ट्रिय बक्सिङ्ग महासंघको नियम रहेको छ ।
उनले आफ्नो खेलाडी जीवनमा १९८६ मा काठमाण्डौमा भएको तेश्रो आमन्त्रण अन्तराष्ट्रिय प्रतियोगितामा कास्य पदक प्राप्त गरको शर्माले १९८७ मा इन्डोनेशियामा भएको जाकार्ता एनिभर्सरी कपमा सहभागिता जनाएका थिए । यस्तै १९८८ मा इन्डानेशियामा भएको प्रेसिडेन्ट कपमा सहभागिता जनाएका शर्माले १९८९ मा कास्य र काठमाण्डौमा भएको चौथौं आमन्त्रण अन्तराष्ट्रिय प्रतियोगितामा रजत पदक प्राप्त गर्न सफल भएका थिए । शर्मा यस अघि काठमाण्डौ जिल्ला खेलकुद विकास समितिमा कार्यरत थिए ।

 

Comment