एसियाकपमा नेपालको सहभागिता

nasa4
सम्पूर्ण नेपालीहरुले नेपालकै दोस्रो ठुलो चाड तिहार मनाइरहेको समयमा २ जना मोटरसाइकल राइडरहरु भने एसिया कप अफ रोडरेस २०१५ का लागी चाइनिज ताइपेइ (ताइवान) प्रस्थान गरेका छन् । २५० सिसिको सो बाइक रेसिङका लागी राइडरहरु प्रत्युस कँुइकेल र विवेश श्रेष्ठ तथा अफिसियल उपेन्द्र प्याकुरेललाई नेपाल अटोमोवाइल्स एशोसिएसन (नासा) का पदाधिकारीहरुले विदाइ गरे ।
ताइपेइको अन्तराष्ट्रिय स्तरको पेन्वे अन्तराष्ट्रिय कार्टल्यान्डमा  १४ र १५ नोभेम्वरमा सञ्चालन हुने सो रेसिङ्गमा ताइवान, श्रीलंका , मलेशिया, जापान र चीनका राइडर्स संग नेपाली राइडर्सहरुले प्रतिस्पर्धा गर्नेछन् । मोटरसाइक्लिङ्गको अन्तराष्ट्रिय महासंघ फीमको आधिकारीक प्रतियोगितामा नेपाली यूवा राइडरको सहभागिताले क्रमश नेपाली राइडरहरुको पनि अन्तराष्ट्रिय पहिचान र स्तर वृद्धि हुने कुरामा नासाले विश्वास लिएको छ ।

 

Comment