शसंभु युवा क्लबलाई लुभु कप फुटबलको उपाधि
Manoj Shiama
11 November, 2015 3:10 pm
लुभु कप फुटबल प्रतियोगिताको उपाधि शसंभु युवा क्लबले हात पारेका छन्। शसंभु युवा क्लबले निर्धारित समयमा २ – १ को अन्तरले डनबस्को स्कुललाई पराजित गरेका थिए। फ्रिदम ग्रुपको अायोजनामा भएको प्रतियोगितामा पहिलो हाफसम्म बराबरीमा रहेको खेलमा खेलको ५० अफुटबलकोौ मिनेटमा डनबस्कोका सुरेश मगरको गोलले अग्रता लिएका थिए।
एक गोलले पछि परेका शसंभु क्लबले अाक्रमक खेल्दै खेलको ५३ अौं मिनेटमा डनबस्को खेलाडीले गरेको हाण्डबलको फाईदा उठाई पाएको पेनाल्टी राज कुमार लामाले गोल गरि खेललाई बराबरीमा राख्न सफल भए। बरबरी पछि पनि उत्कृष्ट खेलेर ५७ अौ मिनेटमा राजकुमार लमाले नै गोल गरि शसंभु युवा क्लबले उपाधि हात पार्न सफल भए। ६० मिनेटको खेलमा बिजेता खेलाडीहरुलाई ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हेराकाजी महर्जनले पुरस्कार वितरण गरे।