सौरभ रुष प्रस्थान

sauravveर्गोल्डेन गेट ईन्टर नेशनल कलेजमा अध्यनरत रुपेन्देहीका चेस खेलाडी  सौरभ प्रसाद प्रधान रुष प्रस्थान गरेका छन । नेपाल बुद्धिचाल संघको विषेश पहलमा ६ बर्षको छात्रवृत्ति पाएका सौरभले मस्को स्थित फ्रेन्डसीप विश्व विध्यालयमा अध्यन गर्नेछ । साथै उनले नेपाल बुद्धिचाल संघको योजना अन्तर्गत नेपालमा ग्राण्ड मास्टर  तयार गर्ने लक्ष्य अनरुप चेस खेलको विशेष प्रशिक्षणमा पनि सहभागीता जनाउनेछ।
फिडे मास्टर रुपेश जैशवाल र क्याण्डीडेट मास्टर विवेक थिङ केही समस्य अघिदेखि सो विश्व विध्यालयमा बिशेश छात्रवृत्तिमा अध्यन गरिरहेका छन् । सौरभलाई नेपाल बुद्धिचाल संघका अध्यक्ष राजेशहरी र रुपन्देही जिल्ला बुद्धिचाल संघका अध्यक्ष  महेन्द्र कुमार राज भण्डारीले एक समारोहबीच बिदाई गरे । सो अवसरमा संघका सचिव हेराकाजी महर्जन, कार्य समिति सदस्य राजु ताम्राकार , संघका पुर्व कार्य समिति सदस्य माधव प्रसाद प्रधान लगायतको उपस्थित रहेको थियो।

Comment