पण्डित सम्मानीत

sanjaya1
पर्वतारोही तथा धावक संजय पण्डितलाई राष्ट्रिय खेलकुद परिषद्ले पर्वतिय साहसिक खेलकुद राष्ट्रिय हिरोबाट आईतवार सम्मान गरेको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार बिष्टले २५ हजार रुपैया सहित सम्मान गरेका हुन् । सम्मान कार्यक्रममा बोल्दै सदस्य–सचिव बिष्टले पण्डित देशकै गौ्रव भएको बताउदै हिमाल आरोहणको माध्यमबाट देशलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन महत्वपूर्ण भूमिका निभाएको हुनाले पर्वतिय साहसिक खेलकुद राष्ट्रिय हिरोको उपमा प्रदान गरिएको बताए । पण्डितले अन्टार्टिका महादेशको भिन्सन मासिफ यसै बर्षको अन्य तिर आरोहण गर्ने लक्ष्य लिएका छन् ।

Comment