ललीतपुरमा चेस छनोट सम्पन्न

?
?

पूर्वाञ्चलमा मंसिरमा हुने सातौ राष्ट्रिय खेलकुदमा लागि हुने मध्यमाञ्चल चेस छनोटमा ललीतपुरबाट बाबुराजा मर्हजन, रविन्द्र शाक्य र राजन पुरीले सभागिता जनाउने भएका छन् । ललीतपुरमा आइतबार सम्पन्न छनोटमा बाबुराजाले ६ चरणको खेलमा ५ अंक बटुल्दै पहिलो स्थान हात पारेका हुन् । ललीतपुर जिल्ला खेलकुद विकास समितीको आयोजनामा सञ्चालीत प्रतियोगिताकोे अन्तिम चरणमा  बाबुराजाले शिरोमणी बज्राचार्यलाई पराजित गरे । यसैगरी, ४.५ अंक सहित रबिन्द्र दोस्रो तथा राजन तेस्रो भएका हुन् । रविन्द्रले अन्तिम चरणमा गोपाल मर्हजनलाई हराए । यसैगरी, राजनले मेयकराज शाक्यसंगको खेलमा जित हात पारे । महिला तर्फ पेरिसा ताम्रकार, रश्मा मर्हजन र प्रबशा बज्राचार्य छनोट भएका छन् ।

Comment