यारिस र सिन्धु सेमिफाइनलमा

vetran cup1
यारिस अटोमोबाइल र सिन्धु स्पोर्ट्सप्रथम सेभेन ए साइड भेट्रान कप फुटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेकाछन् ।     चावहिल स्पोर्ट्स क्लबद्वारा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा यारिसले बाङ्कोट युथक्लबलाई ४–० गोलले पराजित ग¥यो । यारिसका हरि महर्जनले ह्याट्रिक गरे भने चक्र तामाङले १ गोल थपे ।
अर्को खेलमा सिन्धुले क्लब मोसेसलाई ४–१ गोलले हरायो । सिन्धुका निराजन रायमाझीले २ तथा सरोज थापा र नितिन गुरुङले १–१ गोल गरे । प्रतियोगिताको फास्ट टु फास्ट ग्रुपका अध्यक्ष भरतबहादुर थापाले एक कार्यक्रमबीच उद्घाटन गरे । शनिबारसम्म चल्ने नकआउट प्रतियोगितामा ८ टिम सहभागी छन् । विजेताले ४० हजार र उपविजेताले २० हजार रुपैया  पुरस्कार हातपार्ने छन् ।

Comment