शुभारम्भ फाइनलमा

आयोजक शुभारम्भ क्लब ‘ए’ तेश्रो शुभारम्भ कप फुटबल प्रतियोगितामा सोमबार फाइनलमा प्रवेश गरेको छ ।
दोश्रो सेमिफाइनलमा शुभारम्भले मोमो मन्त्र एफसीलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित ग¥यो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो । उपाधिका लागि शुभारम्भले मंगलबार काष्ठमण्डप विरुद्ध खेल्नेछ ।

Comment