टेनिस टोलीको विदाइ

tennis bidai
थाइल्यान्डको बैंककमा १० देखि २३ अक्टोबरमा हुने यु–१६ हाइ परफरमेन्स प्रशिक्षणमा सहभगि हुन नेपाली टोली शनीबार त्यसतर्फ प्रस्थान गर्दै छ । टोलीलाई शुक्रबार नेपाल टेनिस संघका उपाध्यक्ष केशब राज पाण्डे र महासचिव मनोहर दास मुलले विदाइ गरे । टोलीमा एनी माथेमा, क्याथरिन माथेमा, मायंका राणा, माहिका राणा, ऐरा रावत र संरक्षक भुषण बज्राचार्य छन् । टोलीको साथमा प्रशिक्षक सुर्य भुषण बज्राचार्य पनि रहेका छन् ।
त्यसको लगत्तै यसै टोलीका माहिका , ऐरा र सुर्य भुषण २० देखि २७ अक्टोबरसम्म सिंगापुरमा हुने रोड टु सिंगापुरमा सहभागि हुन त्यस तर्फ प्रस्थान गर्दै छन् । सिंगापुरको प्रतियोगितामा संसारका शिर्ष आठ खेलाडीको सहभागिता रहने छ । ˝ लाइफ चेन्जींग अर्पच्युनीटी”कोरुपमा रहेको प्रतियोगिता हेर्न जानेले शिर्ष खेलाडीको खेल अबलोकन गर्ने र संगै डिनर र लन्चको समेत अबसर पाउने छन् । त्यसै कार्यक्रममा नेपाल टेनिस संघकी अध्यक्ष ज्योती राणा मेनेजरको रुपमा सहभागि हुने छिन् । टोलीका मायंका र संरक्षकले सिंगापुरमा २६ देखि ३१ अक्टोबरसम्म हुने आइटिएफ ग्रेड फाइभ टेनिस प्रतियोगितामा सहभागिता जनाउने छन् । संरक्षकले २ नोभेम्बरदेखि ७ नोभेम्बरसम्म सिंगापुरमै हुने ग्रेड फाइभकै प्रतियोगितामा सहभागिता जनाउने छन् । टोलीकै एनी र क्याथरिनले २६ दखि ३१ अक्टोबरमा बैककमा हुने आइटिएफ ग्रेड फोरमा पनि सहभागिता जनाउने छन् ।

Comment