सोतोकान टोली सर्बिया प्रस्थान

sotokan1
२३ औं एसकेडियुएन विश्व सोतोकान कराते च्याम्पियनसिप तथा ८ औं एसकेडियुएन कोहाइ विश्व कपमा सहभागी हुन नेपाली टोली बुधबार सर्बियाको  सुबोटिका प्रस्थान गरेको छ । अक्टोबर ९ देखि ११ तारिखसम्म हुने प्रतियोगितामा ५ खेलाडीसहित ८ सदस्यीय टोली सहभागी हुँदैछ ।
विश्व सोतोकानतर्फ पुरुष ६०–६५ केजीमा गोविन्द श्रेष्ठ र महिलाको ५०–५५ केजीमा गीता सुनुवारले प्रतिस्पर्धा गर्नेछन् । कोहाइमा पुरुषको ३५–४० केजीमा विन्दन थापा मगर, ३०–३५ निरज हेम्जन तथा ४०–४५ केजीमा रुपेश कुँवरले भाग लिने छन् ।
टोली नेतामा नेपाल सोतोकान डो संघ (एसकेडियुएन) का अध्यक्ष रामकृष्ण महर्जन, व्यवस्थापकमा सचिव श्यामकृष्ण श्रेष्ठ तथा प्रशिक्षकमा ६०–६५ केजीमा प्रतिस्पर्धा गर्न लागेका गोविन्द रहेका छन् ।

Comment