समाज र सतुंगलको जित

नव समतामुलक समाज र सतुंगल स्पोर्ट्स क्लबले दोश्रो वेस्टर्न युनाइटेड कप फुटबल प्रतियोगितामा सोमबार सफलता हात पारेका छन् । समाजले सेतीदेवी युथ क्लबलाई टाइब्रेकरमा ४–३ गोलले पराजित ग¥यो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो । सतुंगलले गोर्खाली फुटबल क्लबलाई १–० ले हरायो । मिलन शाक्यले निर्णायक गोल गरे ।

Comment