एनइसी ‘ए’ लाई उपाधि

नेपाल इन्जिनिएरिङ कलेज (एनइसी) ‘ए’ ले नवौं एलए कप फुटबलको उपाधि आइतबार जितेको छ ।हात्तीवनस्थित लिटिल एन्जल्स (एलए) को मैदानमा भएको फाइनलमा एनइसीले काष्ठमण्डपलाई ११–१ को भारी गोलअन्तरले पराजित ग¥यो ।
एनइसीले निर्धारित ६० मिनेटको चौथो मिनेटमै ३ गोल गरेको थियो । पहिलो हाफको समाप्तिमा एनइसीले ६–१ को अग्रता बनायो । बाँकी ५ गोल एनइसीले दोश्रो हाफमा थप्दै जित अन्तर अझ फराकिलो बनायो ।
एनइसीका निराजनविक्रम गैरेले ५, सुरज बुढाथोकी र किशन अधिकारीले २–२ तथा अनुराग बुढाथोकी र सन्देश सिलवालले १–१ गोल गरे । काष्ठमण्डपका समिरजंग कार्कीले सान्त्वना गोल फर्काए ।
उपाधिसंगै एनइसीले १५ हजार नगदसहित ११ हजार मूल्य बराबरको एक थान कलर्स मोबाइल प्राप्त ग¥यो । उपविजेता काष्ठमण्डपले १२ हजार नगद हात पा¥यो ।
एनइसी ‘ए’ का निराजनविक्रम गैरे उत्कृष्ट खेलाडी घोषित भए भने एनइसी ‘ए’ का सन्तोष गैरे गोलरक्षक तथा एलएका सोहेल ताम्राकार डिफेन्समा उत्कृष्ट ठहरिए । प्रतियोगिताभर ९ गोल गरेका एनइसी ‘ए’ का किसन अधिकारी सर्वाधिक गोलकर्ता बने ।
विजेतालाई एलएका निर्देशक राजेश श्रेष्ठ, एलएका प्रिन्सिपल मुकुन्दराज शर्मा, लिटिल एन्जल्स कलेज अफ म्यानेजमेन्टका को–डाइरेक्टर श्रृष्टि लिम्बू तथा लिटिल एन्जल्स कलेजका प्रिन्सिपल मित्रबन्धु पौडेलले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे । असोज ९ गतेदेखि सुरु प्रतियोगितामा १६ छात्र टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

Comment