शुभारम्भ कप शनीबारदेखि

शुभारम्भ क्लबको आयोजनामा तेश्रो शुभारम्भ कप फुटबल प्रतियोगिता शनिबार सुरु हुँदैछ । नकआउट प्रतियोगितामा २२ पुरुष टिमको सहभागिता रहने आयोजक क्लबका सचिव राजालाल श्रेष्ठले जनाएका छन् ।
प्रतियोगिताको विजेताले ७० हजार र उपविजेताले ४० हजार नगद पुरस्कार हात  पार्नेछन् । त्यस्तै उत्कृष्ट गोलकिपर, फरवार्ड, डिफेन्डर र सर्वाधिक गोलकर्तालाई समान ५–५ हजार नगदबाट पुरस्कृत गरिने छ ।
असोज २६ गतेसम्म चल्ने सेभेन ए साइड प्रतियोगिताका खेलहरु भीमसेनगोलमा हुनेछ । किङकम स्पोर्ट्स क्लब साविक विजेता हो ।

Comment