पायोनियर स्कुल च्याम्पियन

pioneer chamion1
अन्नपूर्ण उच्चमावि ज्याठाद्धारा आयोजित अन्तर स्कुल चेस टुर्नामेन्टमा पायोनियर इन्टरनेशनल पब्लिक स्कुल कपनले बेष्ट स्कुलको उपाधि उचाले । छात्र र छात्रातर्फ चार÷चार उमेर समुहमा पायोनियरले चार स्वर्ण, २ रजत र ४ काँस्य जितेका थिए ।
सोमबार सम्पन्न छात्रा य–ू १२ समुहमा पायोनियरकै आभा पुडासैनी ५ अंकका साथ प्रथम भइन । छात्रतर्फ यू –१० मा हिमालयन एकेडेमी किर्तिपुरका सुप्रिम अधिकारी, यू १२ मा विन्धबासिनी माबि टोखाका अनिश डंगोल, यू– १४ मा पायोनियरका विराज पुडासैनी र १४ बर्षमाथिको समुहमा आयोजक अन्नपूर्णका मिलन लामा प्रथम भए ।
टुर्नामेन्टका विजयी तथा सहभागी खेलाडीहरुलाई आयोजक अन्नपूर्णका प्राचार्य चन्द्रप्रकाश राजभण्डारीको सभापतित्वमा एक कार्यक्रममा नेपाल बुद्धिचाल संघका अध्यक्ष राजेशहरि जोशी, सहअध्यक्ष सान्तेषमान सिंह प्रधानलगायतले पुरस्कार वितरण गरे ।
तीन दिने प्रतियोगितामा ३२ विद्यालयका  ६० छात्रासहित २०० जना खेलाडीहरु सहभागी थिए ।

Comment