ब्लिज चेसको उपाधि सजिनलाई

ललितपुरका ओलम्पियाड खेलाडी सजिन महर्जनले ललितपुरमा सम्पन्न ब्लिज चेस प्रतियोगिताको उपाधि जितेका छन् । शनिबार ललितपुरमा सम्पन्न एकदिने प्रतियोगितामा ७ खेलबाट अपराजीत ६ अंक बनाएका सजिनले ७ हजार रुपैया  प्राप्त गरे । त्यसैगरी फिडेमास्टर मनिष हमाल टाईब्रेकरमा भेट्रान राजेन्द्रप्रसाद श्रेष्ठलाई पछि पार्दै दोश्रो स्थानमा रहन सफल भए ।
त्यस्तै राजेन्द्र कुमार पराजुली, विजय डंगोल तथा आशिष फुँयाल समान ५ अंकका साथ चौथो, पाँचौं तथा छैटौं स्थान हासिल गर्न सफल भए । त्यसैगरी क्षितीज भण्डारी, लेख बहादुर थापामगर समान ४ दशमलब ५ अंकका साथ सातौं तथा आठौं स्थानमा रहे । फिडेमास्टर बिलमलाल श्रेष्ठ तथा हिमाल लामा समान ४ अंक बनाउँदै नवौं तथा दशौं स्थानमा रहन सफल भए । उता स्थानीय खेलाडीको उपाधि पुष्प कपालीले प्राप्त गरे ।

Comment