राजन र जुना पहिलो

rajan juna1
खुला स्पोर्ट्स क्लाइम्बिङ प्रतियोगिताको पुरुषमा राजन प्रसाद दुलाल र महिलामा जुना श्रेष्ठ शनिबार पहिलो भएका छन् । पुरुषमा गौरभ राजक दोश्रो र जीवन श्रेष्ठ तेश्रो भए । महिलामा फुरसाङ वाइबा दोश्रो र सुजिता चौधरी तेश्रो बने । दुवै समूहमा शीर्ष तीन स्थानहात पार्नेले ३ हजार, २ हजार र १ हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर प्राप्त गरे ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य नारायण पौडेल,पर्वतीय खेलकुद महासंघका महासचिव गोविन्द भट्टराई लगायतले पुरस्कार वितरण गरे । पर्वतीय खेलकुद महासंघको तत्वावधानमा पर्वतारोहण तथा रक क्लाइम्बिङ स्पोर्ट्स एसोसिएन नेपाल (एमआरसीए) ले विश्व पर्यटन दिवसका अवसरमा आयोजना गरेको प्रतियोगितामा ४५ पुरुष र ३२ महिला गरी ७७ प्रतिस्पर्धीले सहभागिता जनाएको आयोजक एमआरसीएका महासचिव मेघराज पौडेलले जनाएका छन् ।

Comment