अन्नपूर्ण चेसमा पायनियरको दवदवा

?????????????
अन्नपूर्ण उच्चमावि ज्याठाद्धारा आयोजित अन्नपूर्ण मैत्री अन्तर स्कुल चेस टुर्नामेन्टमा छात्रा १० वर्षमुनीको उपाधि पायोनियर स्कुल कपनकी सुप्रिया बुढाथोकीले जितेकी छिन् । त्यस्तै छात्रा यू –१४ को पायोनियरकै अनिषा न्यौपाने र छात्रा यू –१६ को ग्रीनल्याण्ड स्कुल धापासीकी सुजना लोहनीले जितेकी छिन् । छात्रा यू –१२ तर्फ पायोनियरकै आभा पुडासैनी शिर्ष स्थानमा रहेकी छिन् ।
राखेप सेमीकभर्ड हलमा सम्पन्न खेलमा छात्र तर्फ यू –१० र यु –१२ मा विन्धबासिनी माबि टोखाका निशान्त डंगोल र अनिश डंगोल ५ अंकका साथ अग्रस्थानमा रहेका छन् । त्यसैगरी छात्र यू –१४ मा पायोनियरका विराज पुडासैनी र १४ बर्षमाथिको समुहमा पायोनियरका सुदिप तामाङ्ग र आयोजक अन्नपूर्णका मिलन लामा संयुक्तरुपमा शिर्षमा रहेका छन् ।

Comment