छत्र बहादुरको स्मृतिमा फुटबल हुने

राष्ट्रिय बक्सिङ खेलाडी स्व. छत्रबहादुर गुरुङको स्मृतिमा मोरङको बेलबारीमा पहिलोपटक पूर्वाञ्चलस्तरीय  स्व. छत्रबहादुर स्मृति कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
प्रस्तावित बेलबारी रंगशालामा यही असोज २७ गतेदेखि कात्तिक ३ गतेसम्म आयोजना हुने प्रतियोगितामा झापा, मोरङ, सुनसरी, इलाम, सिराहाका गरी ८ वटा टिम सहभागी हुने आयोजक बेलबारी फुटबल क्लबले शुक्रबार बेलबारी–३ स्थित कन्ट्र«ी रोडहोटलमा पत्रकार सम्मेलन गरी जनाएको छ ।
आयोजक समितिका अध्यक्ष रसिन लामाका अनुसार प्रतियोगितामा प्रथम हुनेलाई ५१ हजार र द्वितीय हुने टिमलाई ३१ हजार पुरस्कार राशि राखिएको छ । अघिल्लो वर्ष बेलबारी गोल्डकप आयोजना गरेको बेलबारी फुटबल क्लबले यो वर्ष भूकम्पका कारण देखाउँदै प्रतियोगिता आयोजना गरेको थिएन ।
०४२ सालमा भएको राष्ट्रिय बक्सिङ प्रतियोगितामा स्वर्णपदक प्राप्त गरेको भारतीय सेनाका अवकाश प्राप्त खेल क्षेत्रमा मधुकर उपनामले परिचित थिए । गुरुङको दुर्घटनामा परी ०७१ माघ १० गते निधन भएको थियो । ०१८ सालमा संखुवासभाको मत्स्यपोखरी गाविस–९ मा मातापिता नीरबहादुर र दिलमायाको कोखबाट जन्मिएका थिए ।

Comment