अन्नपूर्ण कप चेस सुरु

chess annapurna1
अन्नपूर्ण उच्चमावि ज्याठाको आयोजनामा ११औं अन्नपूर्ण मैत्री अन्तर स्कुल चेस टुर्नामेन्ट शुरु भयो । छात्र र छात्रातर्फ आठ उमेर समुहका पहिलो चरणका खेल राखेप सेमीकभर्ड हलमा शुक्रबार सम्पन्न भयो ।
तीन दिने टुर्नामेन्टमा ३२ स्कुलहरुबाट ६० छात्राहरुसहित २०० जना खेलाडीहरु सहभागी छन् । यसअघि एक समारोहबीच राखेप सदस्यसचिव केशवकुमार बिष्ट र नेपालका लागि माल्टाका अवैतनिक वाणिज्य दुत दिनेश श्रेष्ठले संयुक्तरुपमा चेस गोटी चालेर उद्घाटन गरेका थिए ।  नेपाली चेसमा भिन्न प्रभाव राख्ने अन्नपूर्ण चेसको सुरुवाती सस्करणमा विजेता रुपेस जयसवाल र विवेक लामा चेस छात्रबृत्तीका लागि मस्को गइसकेका छन् । नेपाली युवा चेस खेलाडीका लागि पायनीयर मानीने यस प्रतियोगिताका सुरुवाती  संस्करणका अन्य विजेता विजय डंगोल लगायत खेलाडी अहिले पनि प्रभावकारी रहेका छन् । यसै विद्यलायले विगतमा दोस्रो महिला राष्ट्रिय च्याम्पियनसीप तथा युथ च्याम्पियनसीपको समेत आयोजना गरेको थियो ।

Comment