रुपेस र विवेक महत्वाकांक्षी योजनामा

c2e
विश्व बुद्धिचाल महासंघ (फिडे) अध्यक्ष किर्सान इुल्युमझिनोभको व्यक्तिगत प्रयासमा पिपल्स फ्रेन्डसिप युनिभर्सिटी अफ मस्कोले प्रदान गरेको ६ वर्षे छात्रवृत्तिमा अध्ययन गर्न युवा खेलाडी रूपेस जयसवाल र विवेक थिङ बिहीबार त्यसतर्फ प्रस्थान गरेका छन् । उनीहरूलाई बिहीबार नै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशव विष्ट र नेपाल बुद्धिचाल संघका अध्यक्ष राजेशहरि जोशीले बिदाइ गरे । उनीहरूले पहिलो वर्ष भाषा अध्ययन गर्ने छन् भने त्यसपछिको पाँच वर्ष चेस सम्बन्धी अध्ययन गर्ने छन् ।
छात्रवृत्ति पाउने रौतहटका रूपेस २२०० रेटिङ पार गर्ने दोस्रो नेपाली खेलाडी हुन् । यसैगरी, नेपालमा भएको एसियन जोनल थ्री प्वाइन्ट टुमा सबै भन्दा बढी स्कोर गर्ने नेपाली खेलाडी बनेका उनी त्यसै प्रतियोगितामार्फत फिडे मास्टर पनि बन्न सफल भएका थिए । यु–१५ र यु–१९ राष्ट्रिय च्याम्पियन भइसकेका उनी बर्तमान राष्ट्रिय टिम च्याम्पियन गोल्डेनगेट चेस टिमका प्रभावशाली खेलाडी हन् । उनकै उत्कृष्ट खेलका कारण गोल्डेनगेट टिम च्याम्पियन भएको थियो भने त्यसअघि मच्छिन्द्र क्लबलाई राष्ट्रिय टिम उपविजेता बनाउन उनी सफल भएका थिए । टर्की ओलम्पियाडमा सहभागिता जनाएका रूपेस त्यसै ओलम्पियाडमा उत्कृष्ट प्रदर्शन गर्दै क्यान्डिडेट मास्टर बन्न सफल भएका थिए । सन् २०१५ मै सिंगापुरमा भएको एसियन एज ग्रुप चेस प्रतियोगिताको ¥यापीड र ब्लिट्ज स्पर्धामा पदक जित्न सफल भएबापत रूपेसले सम्मान स्वरूप नेपाल बुद्धिचाल संघबाट २५ हजार रुपैयाँ पाएका थिए ।
नेपाल बुद्धिचाल संघका अफिसियल खेलाडी मकवानपुरका विवेक वर्तमान राष्ट्रिय यु–१९ च्याम्पियन हुन् । गत वर्ष भारतमा भएको दिल्ली ओपन ग्रान्डमास्टर चेस प्रतियोगितामा पाँचौँ चरणसम्म अपराजित रहँदै उनले सनसनीपूर्ण प्रदर्शन गरेका थिए । उनी पनि नेपालमा भएको एसियन जोनल प्रतियोगिता मार्फत क्यान्डिडेट मास्टर बनेका हुन् ।

यसैगरी, नेपाल बुद्धिचाल संघले यसै वर्ष हुने संघको पाँचौँ साधारणसभा तथा निर्वाचनलाई लक्षित गर्दै केन्द्रीय संघमा आबद्ध २९ वटै जिल्ला संघको जिल्ला सभा कात्तिकमसान्तभित्र गरिसक्नुपर्ने निर्णय गरेको पत्रकार भेटघाट तथा खेलाडी बिदाइ कार्यक्रममा जानकारी गराइयो । साथै आसन्न सातौँ राष्ट्रिय खेलकुदका लागि क्षेत्रीय छनोटको स्थान र मिति पनि तय गरेको छ । पूर्वाञ्चलको छनोट पाचँथरमा ११ देखि १३ कात्तिकमा हुने छ भने मध्यमाञ्चलको छनोट १४ देखि १७ कात्तिकमा नुवाकोटमा हुनेछ । यसैगरी, पश्चिमाञ्चलको १९ देखि २१ कात्तिकमा पाल्पा, मध्यपश्चिमको १८ देखि २० कात्तिकमा रूकुम तथा सुदूरपश्चिमको डडेल्धुरामा २१ देखि २३ कात्तिकमा हुने पनि जानकारी गराइयो ।
एसियाली बुिद्धचाल महासंघले ७ सेप्टेम्बरमा अबुधाबीमा भएको फिडेको ८६ आँै साधारणसभामा नेपाललाई दिएको अवार्डले नेपाली खेलकुद नै गौरवान्वित भएको सदस्यसचिव विष्टले बताएका छन् । राष्ट्रिय खेलकद परिषद्का सदस्यसचिव केशव कुमार विष्ट र नेपाल बुद्धिचाल संघका अध्यक्ष राजेश हरि जोशीले अवार्ड ग्रहण गरेका थिए ।

Comment