केसास जुनिर टेनिस प्रतियोगिता सम्पन्न

tennis final photo12संरक्षकभूषण वज्राचार्य र सक्षम कार्कीको जोडीले सातौं केसा ग्रुप÷जेटिआई जुनियर खुला लनटेनिस प्रतियोगिताको ब्वाइज डबल्सको उपाधि शनिबार जितेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा संरक्षक र सक्षमको जोडीले प्रशान्त बस्नेत र दीपेश केसीको जोडीलाई ६–० र ६–३ को सोझो सेटमा पराजित गरे ।
अखिल नेपाल लनटेनिस संघद्वारा आयोजित प्रतियोगितामा इरा रावत यु–१४ गल्र्स सिंगल्स च्याम्पियन बनिन् । फाइनलमा इराले एनी माथेमालाई ६–४ र ६–२ ले हराइन् । यु–१२ ब्वाइज सिंगल्सको उपाधि अदित सुवेदीले जिते । उनले फाइनलमा सम्यकभूषण वज्राचार्यलाई ६–३ र ६–३ को सोझो सेटमा पाखा लगाए । आरभ हाडाले अकी जुवेन रावतलाई ८–५ ले पन्छ्याउदै यु–१० ब्वाइज सिंगल्समा पहिलो स्थान हात पारे ।
यसअघि सिंगल्सको यु–८ ब्वाइजमा प्रसिद्ध बस्नेत र गल्र्समा इभा अधिकारी, यु–९ ब्वाइजमा आरभ हाडा र गल्र्समा आजा रेग्मी, यु–१० गल्र्समा रायना शाह, यु–१२ गल्र्समा अभिलाषा विष्ट, यु–१४ ब्वाइजमा प्रशान्त बस्नेत, यु–१६ ब्वाइजमा संरक्षकभूषण वज्राचार्य र गल्र्समा मायांका राणा तथा गल्र्स डबल्समा जुम्ल्याहा दिदीबहिनी मायांका र माहिका राणाको जोडीले स्वर्ण जितेका थिए ।
विजेतालाई एसियाली क्षेत्रका लागि अन्तर्राष्ट्रिय टेनिस महासंघका विकास निर्देशक सुरेश मेनन, मुख्य प्रायोजक केशा ग्रुपका अध्यक्ष केशवराज पाण्डे र सह–प्रायोजक डा. जाना माथेमाले पुरस्कार प्रदान गरे ।

Comment