राणा दिदी बहिनीलाई उपाधि

samrachyak11
आरभ हाडाले सातौ केसास ग्रुप÷जेटिआइ  जुनियर  लन टेनिस प्रतियोगिताको ब्वाइज यु–९ को उपाधि जित्न सफल भएका छन् । शुक्रबार भएको फाइनलमा उनले रनभ सिहलाई ४–२, ४–० ले पराजित गरे । र्गल्स डबल्सको उपाधि मायंका राणा र माहिका राणले जिते । फाइनलमा राणा जोडीले इरा रावत र अभिलाषा विष्टको जोडीलाई ६–४, ६–० ले पराजित गरे । ब्वाइज यु–१६ को उपाधि संरक्षक भुषण बज्राचार्यले जिते । उनले फाइनलमा प्रनभ खनाललाई ६–४, ६–० ले पराजित गरे । र्गल्स यु–१२ को उपाधि अभिलाषा विस्टले जितिन् । उनले फाइनलमा प्रेरणा कोइरालालाई ६–०, ५–७,६–४ ले पराजित गरिन्  । यस अघि भएको सेमिफाइनलमा प्रेरणाले सलोनी तामांगलाई ६–०, ७–५,ले पराजित गरिन् । ब्वाइज डबल्सको सेमिफाइनमा संरक्षक भुषण बज्राचार्य र सम्यक भुषण बज्राचार्यको जोडीले रेन्जन लामा र प्रनभ खनालको जोडीलाई ६–३, ३–६,१०–६ ले पराजित गरे । ब्वाइज यु–१४ को उपाधि प्रसान्त बस्नेतले जिते । उनले फाइनलमा अदित सुबेदीलाइ ६–४, ६–० ले पराजित गरे । यस अघि सेमिफाइनलमा अदितले सहस्र चन्दलाई ६–४, ६–० ले तथा प्रसान्तले स्वराज केसीलाई   ६–१, ६–१ ले पराजित गरेका थिए ।

Comment