आजा यु–९ सिंगल्स च्याम्पियन

aja regmi
आजा रेग्मीले सातौं केशा ग्रुप÷जेटीआई जुनियर खुला लटेनिस प्रतियोगिताको यु–९ गल्र्स सिंगल्सको उपाधि बिहीबार जितेकी छन् । अखिल नेपाल लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको फाइनलमा आजाले आइशा गुरुङलाई ४–१ र ४–१ ले पराजित गरिन् । यु–१० गल्र्स सिंगल्समा रायना शाह पहिलो भइन् । रायनाले फाइनलमा इशाश्री शाहलाई ८–४ ले हराइन् ।
यु–१६ गल्र्स सिंगल्समा जुम्ल्याहा बहिनी माहिका राणालाई २–६, ७–६ र ६–४ ले निराश पार्दै दिदी मायांका च्याम्पियन बनिन् ।यु–१४ ब्वाइज सिंगल्समा सहर्ष चन्दले पियूश सिंहलाई ६–२ र ६–३, स्वराज केसीले अभिनव आचार्यलाई साढे ३ घण्टा चलेको खेलमा ६–४, ३–६ र ६–३, प्रशान्त बस्नेतले सम्यकभूषण वज्राचार्यलाई ६–४ र ६–१ तथा अदित सुवेदीले विनय बतासलाई ६–१ र ६–१ ले पन्छ्याउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
गल्र्स डबल्समा जुम्ल्याहा दिदीबहिनी मायांका र माहिका राणाको जोडीले विभूति कार्की र विजिशा श्रेष्ठको जोडीलाई २–६, ७–६ र ६–४ तथा इरा रावतले अभिलाषा विष्टको जोडीले ओशिन राई र सुकुम लिम्बूको जोडीलाई ६–० र ६–० ले पाखा लगाउदै फाइनलमा पुगे ।
यु–९ ब्वाइज सिंगल्समा रनभ सिंहले प्रणव मानन्धरलाई ४–० र ४–० तथा आरभ हाडाले रिजन श्रेष्ठलाई ४–२ र ४–१ ले निराश पार्दै फाइनल यात्रा तय गरे । यु–१४ गल्र्स सिंगल्समा इरा रावतले क्याथ्रिन माथेमालाई ६–४ र ६–४ तथा एनी माथेमाले प्रेरणा कोइरालालाई ६–० र ६–४ को सोझो सेटमा पाखा लगाउदै उपाधि भिडन्त पक्का गरे ।
यु–१० ब्वाइज सिंगल्समा आरभ हाडाले आर्यन गिरीको चुनौती ८–४ ले समाप्त पार्दै अकी जुवेन रावतसंग फाइनल भेट पक्का गरे । अकीले आदित्य सुवेदीबाट वाक ओभर पाएका थिए ।
यु–१२ ब्वाइज सिंगल्समा सम्यकभूषण वज्राचार्यले आर्यन गिरीलाई ६–२ र ६–३ तथा अदित सुवेदीले अकी जुवेन रावतलाई ६–२ र ६–४ ले पन्छ्याउदै फाइनलमा पुगे । सोही स्पर्धाको गल्र्समा अभिलाषा विष्टले श्रुति तामाङलाई ६–२ र ६–० ले पाखा लगाउदै फाइनलमा प्रवेश गरिन् ।
ब्वाइज डबल्समा प्रशान्त बस्नेत र दीपेश खत्रीको जोडीले छविलाल रावत र विनय बतासको जोडीलाई ६–२ र ६–४ ले पाखा लगाउदै फाइनलमा स्थान सुरक्षित गरे ।

Comment