संरक्षक भूषण र प्रणव उपाधि नजिक

aryan giri
संरक्षक भूषण वज्राचार्य र प्रणवखनाल सातौं केशा ग्रुप÷जेटीआई जुनियर खुलालटेनिस प्रतियोगिताको यु–१६ ब्वाइज सिंगल्समा बुधबार फाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा संरक्षकले रेन्जेन लामालाई ६–३, ५–७ र ६–२ तथा प्रणवले सक्षम कार्कीलाई ५–७, ६–२ र ६–४ को सेटमा पराजित गरे ।
सोही स्पर्धाको गल्र्समा जुम्ल्याहा दिदी बहिनी मायांका र माहिका राणा उपाधिकालागि भिड्ने भएका छन् । मायांकाले विजिशा श्रेष्ठलाई ६–० र ६–२ तथा माहिकाले विभूति कार्कीलाई ६–१ र ६–२ ले हराए ।
यु–१४ ब्वाइज सिंगल्समा सम्यक भूषण वज्राचार्यले छविलाल रावतलाई ६–१ र ६–३, प्रशान्त बस्नेतले प्रमोद बुढाथोकीलाई ६–० र ६–१, स्वराज केसीले सर्वार्थ प्रधानलाई ६–० र ६–०, अभिनव आचार्यले प्रसिद्ध पञ्जियारलाई ६–७, ६–३ र ६–०, सहर्ष चन्दले विशेष जोशीलाई ३–६, ६–१ र ६–१, पियूश सिंहले निन्वम राईलाई ६–० र ६–१, विनय बतासले उमेश यादवलाई ६–३ र ६–१ तथा अदित सुवेदीले दीपेश केसीलाई ४–६, ६–२ र ६–३ ले पाखा लगाउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
यु–१० गल्र्स सिंगल्समा इशाश्री शाहले आजा रेग्मीलाई ८–१ तथा रायना शाहले सिस्ता राईलाई ८–५ ले हराउदै फाइनलमा स्थान पक्का गरे ।
त्यसै स्पर्धाको ब्वाइजमा आर्यन गिरीले रिजन श्रेष्ठलाई ८–१, आरभ हाडाले रनभ सिंहलाई ८–१, अकि रावतले चिराग तिमिल्सिनालाई ८–० तथा आदित्य सुवेदीले आयुश पौडेललाई ८–५ ले पन्छ्याउदै सेमिफाइनलमा स्थान बनाए । ब्वाइज डबल्समा सोहन खड्का र प्रमोद बुढाथोकीको जोडीले प्रसिद्ध र आयुश्मानको जोडीलाई ६–४ र ६–४ को सोझो सेटमा हराउदै सेमिफाइनलमा पुगे ।
यु–९ गल्र्स सिंगल्समा आजा रेग्मीले सुवांगी लक्ष्मी शाहलाई ८–१ तथा आइशा गुरुङले समृद्धि श्रेष्ठलाई ८–६ ले निराश पार्दै फाइनलमा प्रवेश गरे । उक्त स्पर्धाको ब्वाइजमा रनभ सिंहले प्रसिद्ध बस्नेतलाई ८–१, रिजन श्रेष्ठले श्रीयोग अधिकारीलाई ८–१ तथा प्रणव मानन्धरले डेनियल श्रेष्ठलाई ८–३ ले हराएर सेमिफाइनलयात्रा तय गरे ।
प्रसिद्ध र इभालाई उपाधि
यु–८ सिंगल्सको ब्वाइजमा प्रसिद्ध बस्नेत र गल्र्समा इभा अधिकारीले स्वर्ण जिते । फाइनलमा प्रसिद्धले प्रणव मानन्धरलाई १०–५, ६–१० र १०–३ तथा इभाले समृद्धि श्रेष्ठलाई १०–६, ८–१० र १०–२ ले पन्छाए ।

Comment