प्रसिद्ध र प्रनब फाइनलमा

side main
प्रसिद्ध बस्नेत र प्रनब मानन्धर सातौं केशा ग्रुप÷जेटीआई जुनियर खुला लटेनिस प्रतियोगिताको ब्वाइज यु–८ स्पर्धाको फाइनलमा प्रबेश गरेका छन् । फाइनल प्र्रबेशको क्रममा मंगलबार  सातदोबाटोस्थित टेनिस कोर्टमा भएको सेमिफाइनलमा प्रसिद्धले राजबीर प्रधानलाई १०–६, १०–६ ले पराजित गरे । यसैगरी, प्रनबले बोरीस अधिकारीसंगको सेमिफाइनल खेलमा १०–६, १०–७ को जित हात पारे । सोही उमेर समुहको र्गल्स स्पर्धामा समृद्धी श्रेष्ठ र इभा अधीकारी फाइनलमा प्रबेश गरे । सेमिफाइनलमा समृद्धीले सुर्य बराललाई १०–१, १०–३ ले तथा इभाले प्रशंषा मोक्तानलाई १०–६, १०–१ ले हराए । दुवै फाइनल खेल बुधबार हुने छ ।
ब्वाइज यु–१०  स्पर्धामा रिजन श्रेष्ठले साम्पुक हांग राइलाई रिजन श्रेष्ठलाई ८–८( ७–१ ) ले, आरब हाडाले अभिनय ध्वाज अधीकारीलाई ८–१ ले,ििचराग तिमल्सीनाले सक्षत शाहीलाई ८–४ले आयुष पौडेलले प्रसिद्ध मोक्तानलाई ८–० ले हराए । रनब सिंहले पार्थ कोइरालाबाट वाकओभर पाए । सोही उमेर समुहको र्गल्स स्पर्धामा इशा श्री शाहले आइशा गुरुङ्गलाई ८–० ले, अजा रेग्मीले सुबांगी लक्ष्मी शाहलाई ८–३ ले, सिरिस्ता राइले लक्सना गुरुङ्गलाई ८–० ले तथा रायना शाहले ओसिन राइलाई ८–१ ले हराए ।
ब्वाइज यु–१२  स्पर्धामा कुबे हाङ्ग चोमजोङ्गलाई उदय लोहीयालाई ६–१,६–० ले, सोहन खड्काले साम्पुक हाङराइलाई  ६–३,६–१ ले, अकि जेड रावतले गौरव जंग डालमियालाई ६–०,६–० ले र आयुष पौडेलले सवार्थ प्रधानलाई  ६–२,६–१ ले हराए । ब्वाइज डबल्समा बिशेष पि जोशी र चन्द्रमना रोकायको जोडीले निश्चल अधीकारी र कुबे हाङ्ग चोमजोङ्गको जोडीलाई पराजित ग¥यो । र्गल्स  यु–१४ मा क्याथ्री माथेमाले सलोनी तामाङ्गलाई ६–२,६–३ ले पराजित गरिन् । ब्वाइज   यु–१६ मा प्रमोद बुढाथोकीले आयुष मान नान्जुलाई ६–२,६–३ ले हराए । सोही स्पर्धामा सक्षम कार्कीले सौरभ पाण्डेलाई ६–२,६–३ ले हराए ।
प्रतियोगितामा यु–१६, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ उमेरसमूहमा ब्वाइज÷गल्र्सको सिंगल्समा खेल भइरहेको  लनटेनिस प्रशिक्षक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । १३ वर्ष पूरा गरेका र १७ वर्ष ननाघेका ब्वाइज÷गल्र्सको डबल्स पनि खेल हुनेछ ।
प्रतियोगितामा १ सय २५ खेलाडीको सहभागिता रहने बताइएको छ । कूल पुरस्कार राशी १ लाख रुपैयाँ रहेको छ । प्रतियोगिताको मुख्य प्रायोजकमा केशा ग्रुप र सह–प्रायोजकमा माथेमा दम्पती डा. बसन्त र जाना रहेकाछन् । प्रतियोगिता असोज ३ गते सम्पन्न हुनेछ ।

Comment