सोमबारबाट राष्ट्रिय लिग

काठमाडौँ विनाशकारी भूकम्पका कारण रोकिएको रेडबुल राष्ट्रिय लिग सोमबार आजबाट सुरु हुदैछ । सोमबार हुने खेलमा लक्ष्मीहुन्डाई मनाङ मस्र्याङ्दी क्लबले विभागीय क्लब नेपाल पुलिस क्लबको सामना गर्दैछ । खेल दिउसो साँढे तीनबजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।
मनाङ ११ अंकसहित लिगको पाँचौ स्थानमा छ । सात अंकसहित पुलिस तेस्रो स्थानमा छ । मनाङका प्रशिक्षक राजुकाजी शाक्यले विभागीय टोलीविरुद्व जितकै लागि खेल्ने बताए । ‘अधिकांश खेलाडीहरु राष्ट्रिय टोलीमा परेपछि हामीले लिगका लागि लामो प्रशिक्षण गर्न पाएका छैनौ ।’ प्रशिक्षक शाक्यले भने, ‘अन्य खेलाडीहरु सिक्किम लागायत अन्य स्थानहरुमा प्रशिक्षण गर्न गएकाले उनीले त्यहाँको प्रदर्शन देखाउनेछ ।’ यस्तै आइभोरीकोष्टका मुसालाई क्लबमा भित्र्याएपछि टोली अझै मजबुत हुने प्रशिक्षक शाक्यले बताए । यस्तै नेपाल पुलिस क्लबका प्रशिक्षक विराटकृष्ण श्रेष्ठले पनि जितकै लागि खेल्ने बताए । ६ खेलमा पुलिसले तीन खेल गुमाईसकेपनि टोली अझै पनि उपाधिको दावेदार नै रहेको प्रशिक्षक श्रेष्ठको भनाई छ ।  टोलीमा भरत शाह र विनोद कार्कीअहिले उत्ृष्ट फर्ममा रहेकाले मनाङविरुद्व यि दुई नै मुख्य हतियार हुनेछ । पुलिसलाई खेलाडी घाइतेको समस्या पनि छ । उसका मुख्य डिफेन्डर रविन श्रेष्ठ र मिडफिल्डर भोला सिलवाल घाइते भएका कारण खेल्न नसक्ने सम्भावना छ । ‘मनाङविरुद्वको खेल ‘गर या मर’ को हुनेछ ।’ प्रशिक्षक श्रेष्ठले भने, ‘मनाङविरुद्व जित निकाल्न सके टोली उपाधिको दावेदारमा फर्कनेछ ।’
गत नैशाख १२ गतेको विनाशकारी भुकम्पका कारण लिग अनिश्चित कालका लागि रोकिएको थियो । त्यसपछि अखिल नेपाल फुटबल संघले भदौँ १८ गतेबाट लिग पुन सुचारु गर्ने तयारी गरेको थियो । तर, देशमा भड्किएको हिंसाका कारण एन्फाले २८ गतेबाट पुन लिग सुचारु गर्ने गरी १० खेलको लागि मात्र खेलतालिका सार्वजनिक गरेको थियो ।

Comment