अमरसिंह नेपाली विभाग र कास्की उपाधिको लागि भिड्ने

पोखरा
अमरसिंह नमुना उमावि नेपाली विभाग र कास्की मोडनाइज्ड एकेडेमी पोखरामा जारी प्रथम अन्तरमावि छात्र फुटबल प्रतियोगिता–२०७२ को उपाधिको लागि प्रतिस्पर्धा गर्ने भएका छन्। नेपाल विद्यालय फुटबल सङ्घ कास्कीको आयोजनामा आइतबार पोखरा–२७ हेमजा मिलनचोक खेलमैदानमा भएको पहिलो सेमिफाइनल खेलमा अमरसिंह नमुना उमावि नेपाली विभागले ताराकुञ्ज बोर्डिङ स्कुललाई १–० को झिनो अन्तरले पराजित ग¥यो।
दोस्रो खेलमा कास्की मोडनाइज्ड एकेडेमीले डाइनामिक बोर्डिङ स्कुललाई ३–० ले हरायो।
सोमबार बिहान नौ बजे फाइनल खेल हुने सङ्घका कोषाध्यक्ष एवं प्रतियोगिता संयोजक हिमाल गुरुङले जानकारी दिए।कार्यक्रम नेपाल विद्यालय फुटबल सङ्घका केन्द्रीय अध्यक्ष कर्मछिरी शेर्पाको प्रमुख आतिथ्यमा हुनेछ।
२४ टीमको सहभागिता रहेको प्रतियोगितामा विजेता टीमलाई नगद १५ हजार तथा उपविजेता टीमलाई नगद १० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।यस्तै बेस्ट प्लेयरलाई पनि ट्रफी प्रदान गरिनेछ।

Comment