हङकङमा नेसन कप टेनिसको तयारी

Tenishh2
हङकङ नेप्लिज टेनिस सोसाइटीले यही सेप्टेम्बर २७ तारिखमा नेसन कपको आयोजना गर्ने भएको छ ।जोर्डनस्थित फूलबारी क्लबमा भएको सोसाइटीको विशेष बैठकले उक्त दिन प्रतियोगिता आयोजना गर्ने मिति तोकी तयारी थालेको हो । प्रतियोगितामा नेपाल, हङकङ, फिलिपिन्स, अमेरिका, जापान, जर्मनी, कोरिया, फ्रान्स र भारतबाट सहभागिता रहने भएको छ । नेपालका तर्फबाट सोसाइटीका तालिम विभाग प्रमुख विकास गुरुङको कप्तानीमा टोली प्रतिस्पर्धामा उत्रिनेछ । अन्य खेलाडीमा मगेन्द्र राई, किसन थापा, युवराज गुरुङ र गुमनसिंह गुरुङ रहने सोसाइटीले जनाएको छ । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने टिमलाई आकर्षक ट्रफी तथा उपहार प्रदान गरिनेछ ।
सोसाइटीले स्मारिका प्रकाशन गर्ने निर्णयसमेत गरेको छ । यस खेलसम्बन्धी जानकारी जोकोही लेखकले लेखरचना पठाउन सक्ने सोसाइटीले जनाएको छ । स्मारिकाको सम्पादकमा टेकेन्द्र सुब्बा र बज्रकुमार थुलुङ राई छन् ।

Comment