भुतपूर्व वक्सिङ्ग क्लवमा सम्मर क्षेत्री निर्वाचित, गणेश भट्टराईले दिए एक लाख

OLYMPUS DIGITAL CAMERA

पोखरा
पूर्व वक्सिङ्ग खेलाडी तथा विभिन्न सेनावाट सेवा निवृतहरुको संस्था पश्चिमाञ्चल भूतपुर्व वक्सिङ्ग एवं सवलता क्लवको सम्पन्न प्रथम अधिवेशनले सम्मर वहादुर क्षेत्रीलाई अध्यक्षमा निर्वाचित गरेको छ । पोखरामा भएको अधिवेशनले क्लवको उपाध्यक्षमा मोती प्रसाद गुरुङ्ग, सचिवमा समा महेश घिमिरे, कोषाध्यक्षमा ज्ञान वहादुर गुरुङ्ग र सदस्यहरुमा धनवहादुर गुरुङ्ग, कृष्ण वहादुर थापा, मन वहादुर पुन सुरेश मल्ल, दिल माया गुरुङ्ग र डि.वी. गुरुङ्गलाई निर्वाचित गरेको छ  ।
क्लवका नव निर्वाचित पदाधिकारीलाई वधाई ज्ञापन गर्दै युवा तथा खेलकुद मन्त्रालयका सचिव दिपेन्द्र नाथ शर्माले ज्येष्ठ नागरिकहरुको लागि विशेष खेलकुद कार्यक्रम आयोजना गर्न लागिएको वताउनु भयो । उहाँले पूर्व खेलाडीहरुको सक्रियताले नै खेलकुदमा उर्जा थपिने भएकोले खेलाडीहरुको लागि अक्षय कोष स्थापना गरि प्रोत्साहन भत्ता र विमाका लागि विशेष कार्यक्रम गर्न लागिएको वताऐ ।
यस अधि कार्यक्रममा वक्सिङ्ग खेलको विकास एर्व प्रवद्र्धन गर्न पूर्व अन्र्तराष्ट्रिय वक्सिङ्ग खेलाडी गणेश वहादुर भट्टराईले संस्थाको अक्षय कोष स्थापना गर्न रु १ लाख १ हजार १ सय ११ रुपैयाँ प्रदान गर्नु भयो । पर्यटन व्यवसायी समेत रहेका भट्टराइले वक्सिङ्ग प्रशिक्षक लोक वहादुर गुरुङ्गलाई रु ५ हजार प्रदान गर्नुभयो । सो अवसरमा पश्चिमाञ्चल खेलकुद विकास समितीका सदस्य राजेन्द्र पाहारीले अक्षय कोषकालागि २५ हजार प्रदान गरे  ।
कार्यक्रमको उद्घाटन गर्दै पश्चिमाञ्चल प्रहरी प्रमुख डिआइजी पंकज श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा नेपाल ह्याण्डवल संघका अध्यक्ष एवम नेपाल ओलोम्पिक कमीटीका सदस्य तेज वहादुर गुरुङ्ग, प्यावसन कास्कीका पूर्व अध्यक्ष कृष्ण केसी लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

Comment