ताराकुञ्ज, अमरसिंह नेपाली विभाग, कास्की मोडनाइज्ड र डाइनामिक सेमिफाइनलमा

Manoj Shiama
12 September, 2015 7:41 pm

पोखरा

ताराकुञ्ज बोर्डिङ स्कुल, अमरसिंह नमुना उमावि नेपाली विभाग, कास्की मोडनाइज्ड एकेडेमी  र डाइनामिक बोर्डिङ स्कुल पोखरामा जारी प्रथम अन्तरमावि छात्र फुटबल प्रतियोगिता–२०७२ को सेमिफाइनलमा प्रवेश गरेका छन्। नेपाल विद्यालय फुटबल सङ्घ कास्कीको आयोजनामा शनिबार पोखरा–२७ हेमजा मिलनचोक खेलमैदानमा भएको पहिलो क्वाटरफाइनल खेलमा ताराकुञ्ज बोर्डिङ स्कुलले शान्तिदीप बोर्डिङ स्कुललाई १–० ले निराश पा¥यो।

दोस्रो खेलमा अमरसिंह नमुना उमावि नेपाली विभागले पोखरा एकेडेमीलाई ५–१ ले पराजित गरेको छ। तेस्रो खेलमा कास्की मोडनाइज्ड एकेडेमीले बेथानी बोर्डिङ स्कुललाई ३–० ले हरायो। चौथो खेलमा डाइनामिक बोर्डिङ स्कुलले धौलागिरि बोर्डिङ स्कुललाई टाइब्रेकरमा ५–३ ले पाखा लगायो। निर्धारित समय गोलरहित बराबरीमा सकिएको थियो।
अइतबार सेमिफाइनल खेल हुनेछन्। जसअनुसार बिहान आठ बजे ताराकुञ्ज बोर्डिङ स्कुल र अमरसिंह नमुना उमाव नेपाली विभागबीच पहिलो तथा बिहान साढे नौ बजे कास्की मोडनाइज्ड एकेडेमी र डाइनामिक बोर्डिङ स्कुलबीच दोस्रो खेल हुने सङ्घका कोषाध्यक्ष एवं प्रतियोगिता संयोजक हिमाल गुरुङले जानकारी दिए।
भदौ २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा २४ टीमको सहभागिता रहेको छ। प्रतियोगितामा विजेता टीमलाई नगद १५ हजार तथा उपविजेता टीमलाई नगद १० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।