ललितपुर बुद्धिचाल अध्यक्षमा गोपाल

chess lalitpur

ललितपुर जिल्ला बुद्धिचाल संघको तेस्रो साधारणसभाले गोपाल महर्जनको(स्काउट मास्टर ) अध्यक्षतामा ९ सदस्यीय ललितपुर जिल्ला  बुद्धिचाल  गठन भएको छ। साधारणसभाले उपाध्यक्षमा  पुरुषोतम थापा, हरि बहादुर महर्जन , सचिबमा मंगल ब्यन्जन्कार कोषाध्यक्षमा संजय महर्जन निर्वाचित गरेका छन् ।
त्यसैगरी सदस्यहुरुमा राजभाई महर्जन , प्रदिप चौलागाईं , गोपाल महर्जन र श्याम कुमार महर्जन रहेका छन्।त्यसैगरी संघको पहिलो बैठकले रोबिन महर्जन र ज्ञान बहादुर  खड्गीलाई मनोनित गरेको छ।त्यस्तै सल्लाहकारमा चिरिकाजी अवाले, जगतलाल महर्जन , शिरोमणि  बज्राचार्य र बिकास श्रेष्ठ  रहेका छन्।
यसअघि जिल्ला बुद्धिचाल संघका अध्यक्ष चिरिकाजी अवालेक‍ अध्यक्षतामा भएको साधारणसभाको उद्घाटन समारोहमा नेपाल बुद्धिचाल संघका अध्यक्ष राजेशहरी जोशी , जिल्ला  खेलकुद बिकास समितिका क‍ोषाध्यक्ष श्याम बजगाई , नेपाल पत्रका महासंघका केन्द्रीय सदस्य प्रकाश तिमिल्सिना , दक्षिण एशियाली खेलकुद पत्रका महासंघका अध्यक्ष समज्ञ लाकोलले साधारणसभा सफलताको शुभकामना दिएका थिए ।
संघका उपाध्यक्ष बिदुर ग‍ौतमको संयोजकत्वमा गठित निर्वाचन कमिटीले सो कार्य समिति निर्वाचित गरेको हो।

 

Comment