निरज पदकको नजीक

niraj position1
ध्रुवतारा स्पोर्टींग क्लबका निरज निरौला फेरी एक पटक खेल जिवनको महत्वपूर्ण मोडमा पुगेका छन् । एसियन एमच्योर चेस च्याम्पियनसीपमा उनी नवौ तथा अन्तिम चरणमा बोर्ड नम्बर दुइमा भारतका श्याम सुन्दर टीसंग खेलिरहेका छन्  । नेपाली चेसमा तहमा – उमेर समुह बाहेक) पदक जित्ने पहिलो नेपाली बन्ने छन् । निरजको ६ अंक छ भने अग्रता कायम गरेका भाखीदोर डाटेभको ६.५ अंक छ ।
प्रतियोगितामा सहभागि धरम लामाको ५.५ अंक छ । उनले बोर्ड नम्बर पाचमा भाखीदोभ साहजदसंग खेलिरहेका छन् । यस अघि निरजले नेपालमै भएको एसियन जोनल थ्रीप्वाइन्ट टु चेस प्रतियोगिताको आठौ चरणसम्म सानदार प्रदर्शन गरेका थिए ।

Comment