कास्की मोडनाइज्ड र डाइनामिक अन्तिम आठमा प्रवेश

Manoj Shiama
12 September, 2015 11:17 am

पोखरा
कास्की मोडनाइज्ड एकेडेमी, बेथानी बोर्डिङ स्कुल, धौलागिरि बोर्डिङ स्कुल र डाइनामिक बोर्डिङ स्कुल पोखरा–२७ हेमजा मिलनचोक खेलमैदानमा जारी प्रथम अन्तरमावि छात्र फुटबल प्रतियोगिता–२०७२ को अन्तिम आठमा प्रवेश गर्न सफल भएका छन ्।
नेपाल विद्यालय फुटबल सङ्घ कास्कीको आयोजनामा शुक्रबार भएको पाँचौं प्रिक्वाटरफाइनल खेलमा कास्की मोडनाइज्ड एकेडेमीले टप्स उमाविलाई ४–० ले पराजित ग¥यो। छैटौं खेलमा बेथानी बोर्डिङ स्कुलले वेलनन एकेडेमीलाई २–० ले हरायो। सातौं खेलमा धौलागिरि बोर्डिङ स्कुलले मेरीगोल्ड बोर्डिङ स्कुललाई टाइब्रेकरमा ५–३ ले पाखा लगायो। निर्धारित समय दुई–दुई गोलको बराबरीमा सकिएको थियो।
आठौं खेलमा डाइनामिक बोर्डिङ स्कुलले आदर्श बोर्डिङ स्कुललाई सडन डेथमा १–० ले पन्छायो। निर्धारित समय दुई–दुई गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा पनि पाँच–पाँच गोलको बराबरी भएपछि सडन डेथमा आदर्श १–० को शिकार भएको नेपाल विद्यालय फुटबल सङ्घ कास्कीका अध्यक्ष जगत थापाले जानकारी दिए।
श्निबार क्वाटरफाइनलका खेल हुनेछन्। जसअनुसार शान्तिदीप बोर्डिङ स्कुल र ताराकुञ्ज बोर्डिङ स्कुलबीच पहिललो, अमरसिंह नमुना उमावि नेपाली विभाग र पोखरा एकेडेमी बाटुलेचौरबीच दोस्रो, कास्की मोडनाइज्ड एकेडेमी र बेथानी बोर्डिङ स्कुलबीच तेस्रो तथा धौलागिरि बोर्डिङ स्कुल र डाइनामिक बोर्डिङ स्कुलबीच चौथो खेल हुने सङ्घका कोषाध्यक्ष एवं प्रतियोगिता संयोजक हिमाल गुरुङले जानकारी दिए।
भदौ २८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा २४ टीमको सहभागिता रहेको छ। प्रतियोगितामा विजेता टीमलाई नगद १५ हजार तथा उपविजेता टीमलाई नगद १० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।